सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोग लागेर पक्राउ परेका राजेन्द्र बोहरा भागे

 मंसिर १९, २०७७ शुक्रबार १०:१५:५५ | विमल बिष्ट
unn.prixa.net

डाेटी - १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बझाङका १६ वर्षका राजेन्द्र बोहरा भागेका छन् ।

डोटी जिल्लाको बालसुधार केन्द्रमा राखिएका उनी गएराति भागेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका उनको उमेर कम भएकाले पूर्पक्षकालागि जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।

बोहाेरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना भएका बोहरा गएराति ११ बजेतिर हराएका र उनको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि बलात्कार गरेको अभियोग लागेको छ

त्यस घटनालाई गाउँमै मिलापत्र गराउने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । बोहराको खोजीको लागि जिल्लामा प्रहरी प्रमुख पाण्डेय, डीएसपी इन्द्रबहादुर मल्ल र निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया