सम्झना हत्या प्रकरण : अस्पतालबाट भागेका राजेन्द्र बोहरा जंगलमा भेटिए, तीन प्रहरी निलम्बित

 मंसिर १९, २०७७ शुक्रबार १२:२६:१९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - जिल्ला अस्पताल डोटीको आइसोलेशनबाट भागेका बझाङका १६ वर्षका राजेन्द्र बोहरा पक्राउ परेका छन् ।

सानागाउँको जङ्गलमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका बोहोरालाई जिल्ला अस्पताल राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परि पूर्पक्षका लागि डोटीको जिल्ला बालसुधार गृहमा राखिएका बोहोरालाई कोरोना भाइरसको सङ्क्रमण भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखिएको थियो । 

उनी गएराति ११ बजे शौचालयको भेन्टिलेसन फुटाएर भागेका थिए । यस्तै, राजेन्द्र बोहराको सुरक्षामा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या आरोप लागेका बोहरा को सुरक्षामा अस्पतालको आइसोलेशनमा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरेको जानकारी दिनुभयो ।

दिएको जिम्मेवारीमा कमजोरी र लापरबाही गरेको भन्दै निलम्बन गरिएको उहाँले बताउनुभयो । गएको असोज ७ गते बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गरेका थिए । त्यसअघि पनि बोहराले मष्टा गाउँपालिकाकै १४ वर्षकी अर्की बालिकालाई पनि बलात्कार गरेका थिए । 

यो घटनालाई गाउँमै मिलापत्र गराउने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया