डोटी : कामका लागि भारत हिँडेका व्यक्ति जंगलमा मृत भेटिए

 मंसिर २१, २०७७ आइतबार १२:४७:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–७ गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउद मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार गएको १२ गते कामका लागि भारत जाने भन्दै साउद घरबाट हिँडेका थिए। आज कुहिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले साउदको मृत्युबारे छानबिन सुरु गरेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया