रामेछापको दोरम्बामा निमार्णाधीन शान्ति पार्क अलपत्र, बजेट अभावमा बाँकी काम सक्न समस्या

 मंसिर २२, २०७७ सोमबार २०:२८:१७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बामा निमार्णाधीन शान्ति पार्क अलपत्र परेको छ । दोरम्बा गाउँपालिका २ दोरम्बा बजारमा २०६६ सालदेखि शान्ति पार्क निर्माणको काम सुरु गरिएको थियो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत झण्डै तीन करोडको लागतमा निमार्ण गर्ने काम थालिएको शान्ति पार्क अहिले अलपत्र छ । मन्त्रालयको क्रमागत कार्यक्रममार्फत आर्थिक वर्ष २०६६ देखि २०७४ सालसम्म झण्डै दुई करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।

शान्ति पार्कको जिम्मा मन्त्रालयले दोरम्बा गाउँपालिकालाई दिएपछि आवश्यक बजेट नहुँदा शान्ति पार्कको बाँकी काम पूरा गर्न नसकिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिनुभयो ।

२०६० साल साउन ३२ गते तत्कालीन माओवादी कार्यकर्तालाई सेनाले पक्राउ गरी २१ जनाको सामूहिक हत्या गरेका थिए । लगत्तै स्थानीय बासिन्दा गाउँ छोडेर अन्यत्र गएका थिए । सरकार र विद्रोही माओवादीबीच शान्ति वार्ता भएपछि सरकारले दोरम्बामा शान्ति पार्क निर्माणकाे काम अघि बढाएको थियो ।

निर्माणाधीन पार्कभित्र प्रतीक्षालय, पैदल हिँड्न प्रयोग गरिने सिँढी र शौचालय निमार्ण भएका छन् । शौचालय निमार्ण भए पनि झ्याल ढोका राखिएको छैन । पार्कमा लगाइएको घेराबारसमेत भत्किएको छ ।

आउँदो वर्षमा केही रकम छुट्याएर मर्मत सम्भार गर्ने र संरक्षणको लागि एउटा समिति गठन गरेर समितिलाई जिम्मा लगाउने गरी काम अघि बढाउने अध्यक्ष मोक्तानले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया