पश्चिम सेती आयोजनाकाे काम चाँडाे सक्न माग गर्दै ७५० डोकाे प्रदर्शन

 मंसिर २२, २०७७ सोमबार १९:३०:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको तलारा क्षेत्रमा ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना निर्माण गर्न ढिलाइ भएको भन्दै सोमबार स्थानीयले डोको प्रदर्शन गरेका छन् । पश्चिम सेती आयोजना निर्माणका लागि वर्षाैँदेखि दबाब दिँदै आएको बोलन्याथली नामक संस्थाको आयोजनामा सात सय ५० डोका सङ्कलन गरी प्रर्दशन गरिएको हो ।

पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप ढुङ्गाडमा प्रदर्शन गरिएको संस्थाका संयोजक यादव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पश्चिम सेती चाँडो बनाउनका लागि हामीले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छौँ, अहिले ७५० डोका प्रदर्शन गरेका छौँ, अझै निर्माण गर्न ढिलाइ गरे सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ सुदूरपश्चिमका बैतडी, डडेलधुरा तथा डोटी जिल्लाबाट सङ्कलन गरिएका सात सय ५० डोका दबाबका लागि प्रदर्शन गरिएको हो ।  

बोलन्याथलीले डोकासहित विशाल जनसभाको पनि आयोजना गरेको थियो । यसअघि पनि यस संस्थाले डोटीको दिपायलमा रहेको सेती नदीमाथिको पक्की पुलमा गएको वैशाख १ गते पश्चिम सेतीको निर्माण चाँडै गरियोस् भन्दै सात सय ५० मैनबत्ती बालेर विरोध गरेको थियो ।  

बोलन्याथलीले काठमाण्डौको माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम पनि गरिसकेको छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया