डोटीमा सामुदायिक विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम

 मंसिर २४, २०७७ बुधबार १२:८:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी – महिलामाथि घट्ने विभिन्न हिंसा तथा घटनाबाट जोगिनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ । 

नगरपालिका भित्र रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका कम्तिमा पनि दुई सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो ।

'एक्लै भएको समयमा बलात्कृत लगायतका घटनाबाट जोगिनका लागि हामीले विभिन्न संस्थाको सहयोगमा आत्मरक्षा तालिम शुरु गरेका छौँ’, उहाँले भन्नुभयो ।

किशोरीमाथि हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक तालिम दिन शुरु गरिएको जिल्ला खेलकुद विकास समिति डोटीका प्रमुख तथा तेक्वान्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताउनुभयो । 

अहिले जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा उक्त तालिम दिन शुरू गरिएको छ । छ वटा सामुदायिक बिद्यालयमा कक्षा १० तथा कक्षा ९ का गरि प्रत्येक विद्यालयबाट ४० जनालाई उक्त आत्मरक्षा तालिम दिइने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

दुई वटा विद्यालयमा नगरपालिकाले र चार वटा विद्यालयमा सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले तालिमको लागि सहयोग गर्ने सीडीसीका सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत एकराज बडूले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया