नेपाली फुटबल टाेलीका पुरुष र महिलाको समान तलब, मासिक १८ हजार रुपैयाँ पाउने

 मंसिर २५, २०७७ बिहिबार १८:१९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बढेको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएर मासिक १८ हजार रुपैयाँ पुर्‍याएको छ ।

नेपाली फुटबलमा पहिलोपटक पुरुष र महिला खेलाडीको समान तलब कायम गरिएको एन्फाले जनाएको छ । यसअघि पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँ तलब पाउँदै आएका थिए ।

एन्फाले बैंक खातामा रहेको पाँच करोड रुपैयाँ मुद्दती निक्षेपको ब्याजबाट आउने पैसाले खेलाडीको तलब भुक्तानी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया