पल्सर स्पाेर्ट्स अवार्ड पुसकाे अन्तिम हप्ता

 मंसिर २८, २०७७ आइतबार २०:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिम हप्ता हुने भएको छ । 

खेलाडी र खेलकर्मीलाई प्रदान गरिने नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्डको १७ औँ संस्करण आउँदाे पुस २८ गते ललितपुरकाे कराँते एकेडेमीको हलमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुवातमै गरिने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण ढिलो हुन लागेको हो ।

आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ) ले आइतबार आयोजित अवार्ड मिति घोषणा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा अवार्ड घोषणा गरिने बताउनुभयो । कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चार वटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहार तथा नगदसहित २८ लाख ४० हजार ६ सय रुपैयाँ उपलब्ध गराउनेछ । त्यस बापत अवार्डको नाम पल्सर स्पोर्ट्स अवार्ड हुनेछ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्‍याएको विशेष योगदानको कदरस्वरूप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एक जना विदेशी पत्रकारलाई दिइने इन्टरनेशनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउने छन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया