कर्मचारीमा कोरोना देखिएपछि अछाम जिल्ला अस्पताल सिल

 मंसिर २९, २०७७ सोमबार ९:४८:१६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - अछाम जिल्ला अस्पताल सिल गरिएको छ ।

अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज विष्टले जानकारी दिनुभयो ।

कर्मचारी निको भए लगत्तै सबै सेवा सुरु गर्ने पनि उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित सबै कर्मचारीहरू होम आइसोलेशनमा रहेका छन् । अस्पताल सिल भएपछि आकस्मिकबाहेकका अन्य उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलाली जानुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया