जापानका 'ट्विटर किलर' लाई मृत्युदण्डकाे सजाय

 मंसिर ३०, २०७७ मंगलबार २०:२५:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरकाे माध्यमबाट सम्पर्क गरेपछि नाै जनाकाे हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डकाे सजाय दिइने भएकाे छ । यस हाई–प्राेफाइल मामिलाले पूरै जापानलाई हल्लाएकाे थियाे । 

'ट्विटर किलर' काे नामबाट चर्चित टाकाहिराे शिराइशी बस्ने फ्ल्याटमा सन् २०१७ मा मानव शरीरकाे अङ्ग भेटिएपछि उनलाई पक्राउ गरिएकाे थियाे ।

साेधपुछमा ३० वर्षीय टाकाहिराेले हत्या गरेकाे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरेकाे स्वीकार गरे । तीमध्ये धेरै महिलाहरू थिए, जाेसँग उनी सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सम्पर्कमा आएका थिए । 

'सिरियल किलिङ' काे यस मामिला सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा 'आत्महत्या' काे विषयमा कसरी कुरा गर्न सकिन्छ भनेर तीव्र रूपमा बहस भएकाे थियाे ।  

स्थानीय मिडियाका अनुसार मङ्गलबार चार सयभन्दा धेरैले यस फैसलालाई सुनेका थिएँ जबकि अदालतमा मात्र १६ जनाका लागि बस्ने ठाउँ थियाे । 

जापानमा मृत्युदण्डलाई लिएर भारी समर्थन छ र जापान यस्ताे विकसित देशमध्ये एक हाे जहाँ मृत्युदण्डकाे सजाय कायम छ । 

जापानकाे समाचार एजेन्सी क्याेदाेले यस मामिलामा आधिकारिक भनाइ उद्धृत गर्दै भनेकाे छ– सन् २०१७ अगस्टदेखि अक्टाेबरकाे बीच उनले १५ देखि २६ वर्षका आठ महिला र एक पुरूष घाँटी थिचेर हत्या गरे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया