शहरका कालिज गाउँमा

 पुस २, २०७७ बिहिबार ९:३९:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – काठमाण्डौ तथा कैलालीका शहरमा पालन गरिएका कालिज अहिले डोटीका गाउँमा पनि व्यवसायिक रुपमा पाल्न थालिएको छ ।

स्थानीय युवाहरुले डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौंमा व्यवसायिक रुपमा काजिल पालन सुरु गरेका हुन् । स्थानीय युवा देबबहादुर बोहरासहित चार जनाले व्यवसायिक रुपमा कालिज पालन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौ र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फर्म खोलेका छन् । 

२१ लाख ९७ हजार रुपैयाँको लागतमा कुल पाँच सय चल्ला राखेर कालिज पालन सुरु गरिएको सञ्चालक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “चार जना साथीहरु मिलेर हामीले कालिज पालन व्यवसाय सुरु गरेका छौँ, राम्रै फष्टाउने आश गरेका छौँ ।”

सुदूरश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिज पालन सुरु गरिएको हो । डोटीमा कालिज पालन नौलो व्यवसाय भएका कारण यसले राम्रो आम्दानी सहित आयश्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “कालिज पालन व्यवसाय नौलो हो, कुखुरा पालनका लागि त अनुदान मिल्छ भने कालिज पालनका लागि पनि हामी अवश्य सहयोग गर्नेछौँ, व्यवसाय फष्टाउनु पर्यो ।” 

प्रदेश तथा स्थानीय सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँ–गाउँमा नयाँ किसिमका व्यवसायको थालनी भएको नेपाली काँग्रेसका नेता यज्ञराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश तथा स्थानीय सरकारले युवाहरुलाई लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवाहरु स्वरोजगार हुने तथा आर्थिक स्थिति बलियो बन्ने देखिन्छ ।”

कृषि क्षेत्रमा व्यवसाय गर्नका लागि सरकारी स्तरबाट अनुदानको रकम आउन थालेपछि जिल्लाका बेरोजगार युवाहरु कृषि पेसा, तरकारीखेती, पशुपालन, कालिज पालनलगायतका व्यवसायमा आकर्षित हुन थालेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया