दोलखामा दुई दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

 पुस ७, २०७७ मंगलबार १५:११:३८ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा दुई दिनदेखि इन्टरनेट सेवा अवरुद्ध बनेको छ । दोलखामा नेपाल टेलिकमअन्तर्गतको एडीएसएल इन्टरनेट सेवा र सुबिसु इन्टरनेट सेवा सोमबारदेखि अवरुद्ध भएको हो । 

काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट नजिकै सडक खण्डमा डिभाइडर गाड्ने क्रममा अप्टिकल फाइबर चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो । अप्टिकल फाइबर चुडिएपछि सुबिसुको पनि इन्टरनेट सेवा सोमबार बिहानदेखि ठप्प छ ।

चुँडिएको अप्टिकल फाइबर मर्मत कार्य सकेपछि सम्भव मङ्गलबार साँझदेखि इन्टरनेट सेवा सुरु हुने अनुमान गरिएको छ । दोलखामा सेवा प्रदान गरिरहेको वर्ल्ड लिङ्कलगायतको भने इन्टरनेटमा समस्या देखिएको छैन । 

यसैबीच नेपाल टेलिकमअन्तर्गत मोबाइल र ल्याण्ड लाइन टेलिफोन सेवामा पनि समस्या देखिएको छ । फोन नलाग्ने, आवाज स्पष्ट नसुनिने लगायतका समस्या देखा परेको हो । मोबाइल, टेलिफोन र इन्टरनेट सबैमा एकैपटक समस्या देखिएपछि जिल्लावासी समस्यामा परेका छन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया