डोटीका तीन वटा पालिकामा विद्युतीय सुशासन प्रविधि लागू

 पुस १३, २०७७ सोमबार ९:२३:२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीका तीन वटा पालिकामा विद्युतीय सुशासन प्रविधि जडान भएको छ ।

जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा विद्युतीय सुशासन प्रविधि जडान भएको हो । सम विकास केन्द्र (ईडीसी) नेपाल डोटी र सेल एप प्रालिबीच गएको वर्ष भएको त्रिपक्षीय सम्झौताअनुसार विद्युतीय सुशासनको एप निर्माण गरी डिजिटल माध्यममार्फत नै हस्तान्तरण समेत भएको हो ।

सुशासन प्रविधिमा पालिकाको डिजिटल प्रोफाइल ई–गर्भनेन्स ड्यासबोर्ड र मोबाइल एप्स रहनेछन् । यसबाट पालिकाहरुको गतिविधि सार्वजनिक हुनुकासाथै पालिकाका बासिन्दाले उजुरी गर्न पाउने व्यवस्था समेत गरिएको छ ।

सम विकास केन्द्रले सञ्चालन गर्दै आएको परिवर्तन परियोजना अन्तर्गत नागरिक र नागरिक समाज संस्थाहरुको क्षमता विकास गर्दै सुशासनका हरेक प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता वृद्धि गरी पालिकाको सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यले प्रविधिको सुरुवात गरिएको केन्द्रका जिल्ला संयोजक महेश परियारले जानकारी दिनुभयो ।

सन् २०१९ मा तीन वटै पालिकालाई विद्युतीय सुशासन प्रविधिमार्फत स्मार्ट पालिकाको रुपमा विकसित गर्न भएको त्रिपक्षीय सम्झौता बमोजिम तीन वटै पालिकाको डिजीटल प्रोफायल, ई–गर्भनेन्स ड्यासबोर्ड र मोबाइल एप्सको कार्य सम्पन्न गरी कार्यान्वयनका लागि हस्तान्तरण गरिएको हो ।

युरोपियन युनियन, डीसीएको आर्थिक सहयोग र पालिकाहरुको सहकार्यमा सम विकास केन्द्र नेपालले यहाँका तीन वटै पालिकाहरुमा गएकाे वर्षदेखि परिवर्तन परियोजना सञ्चालन गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया