‘केपी ओलीलाई हटाएर माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन आराेप पत्र ल्याइयाे’

 पुस २४, २०७७ शुक्रबार १८:४७:९ | उषा तामाङ
unn.prixa.net

दोलखा – गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ संसद स्थापनाले देशमा स्थायित्व ल्याउने बताउनुभएको छ । 

दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार (आज) नेपाल कम्युनिस्ट पार्टी दोलखाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री थापाले पार्टीभित्रकै केही अवसरवादी व्यक्तिले सरकारलाई अपदस्थ गर्ने गरि गरेको षड्यन्त्रलाई विफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको बताउनुभयो । 

मन्त्री थापाले पुरानो प्रतिनिधि सभाको पुनर्सेथापनाले राजनीतिक अस्थिरतालाई जन्माउने भएकाले नयाँ प्रतिनिधि सभाले मात्रै देशमा स्थायित्व ल्याउन सक्ने दोहोर्‍या​उनुभयो । नयाँ प्रतिनिधि सभाको स्थापना गर्नका लागि नागरिकको बीचमा जाने र नेकपाको नयाँ ढङ्गबाट एकीकरण नागरिकले मात्रै गर्न सक्ने मन्त्री थापाले बताउनुभयो । 

गृहमन्त्री थापाले १९ पानाको आरोप पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने गरि ल्याइएको समेत बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया