मकवानपुरको मनहरी गाउँपालिकामा फेरि सुरु भयो जङ्गली हात्तीको आतङ्क

 माघ २, २०७७ शुक्रबार २०:३५:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क फेरि सुरु भएको छ । 

बिहीवार राति पर्सा राष्ट्रिय निकुञज क्षेत्रबाट आएको जङ्गली हात्तीले मनहरी ५ बस्तीपुरको जंजराबस्तीका झण्डै एक दर्जन घरमा क्षति पुर्‍याएकाे स्थानीयले बताएका छन् । दिए । स्थानीय कृष्ण लामिछानेले बिहीवार राति १२ बजेदेखि बिहान ४ बजेसम्म हात्तीले मच्चाएको आतङ्कका कारण एक दर्जन घरमा क्षति पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मङ्सिरमा पनि यसैगरि जङ्गली हात्तीले आतङ्क मच्चाएको थियो । हिजो राति त्योभन्दा बढि क्षति पुर्‍याएकाे छ । घर भत्काउनुका साथै अन्नपात र धनमाल नष्ट गरेको छ । समयमै हात्ती आएको चाल पाउँदा मानवीय क्षति भने हुन पाएन ।’ हात्तीले बस्न नमिल्ने गरि घर भत्काएको उहाँको भनाइ छ । 

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जका कर्मचारी खटाइएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया