अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु, पार्टस र लुब्रिकेन्टमा आकर्षक छुट

 माघ ५, २०७७ सोमबार ८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’काे याेजना ल्याएकाे छ । 

आइएमईले देशैभरि आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी आजबाट सर्भिस क्याम्पकाे याेजना ल्याएकाे हाे । 

यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रीत गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राइभरहरुले सुरक्षित ड्राइभिङ्गसम्बन्धी जानकारी लिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुने छ । यो क्याम्पिङमा ग्राहकले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन प्राप्त गर्न सक्ने छन् ।

'सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ ' भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागू हुने छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभएर गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया