हेटौंडा-कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक दुई महिना बन्द हुने

 माघ ९, २०७७ शुक्रबार १२:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डाै प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ ।

निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको जानकारी दिनुभयो ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उहाँको आग्रह छ।  

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डाै आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया