मकवानपुरमा नचिनेको मानिसको समूहद्वारा गाडीमा आगजनी

 माघ १०, २०७७ शनिबार ८:४९:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ मा नचिनेको मानिसको समूहले गाडीमा आगजनी गरेको छ ।

हेटौँडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको  छ ।

बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएका मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

आगजनी गर्ने व्यक्ति नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शङ्का गरिएको छ । यसैगरी मकवानपुरको वाग्मती गाउँपालिका-४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत वाग्मती-४ झुरझुरेमा सडकखण्डको बीचमै शङ्कास्पद वस्तु भेटिएको र सेनाको सहयोगमा नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । कालोराते तारसहितको वस्तु सडकको बीचमै भेटिएपछि सडकखण्ड बन्द गरिएकाे छ ।

यस्तै हेटौँडा–५ सिँचाइ टोल नजिक झोलामा शङ्कास्पद वस्तु भेटिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया