वाग्मती प्रदेशमा अधिकृत स्तरका १७४ जना कर्मचारी माग

 माघ १२, २०७७ सोमबार १०:८:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका एक सय ४९ जना खुलातर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ । 

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको हो । 

प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 

लोकसेवा आयोगले प्रशासनतर्फका ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन । 

आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले पालिकाबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो । 

लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बिताउनुभयो । 

माग गरिएका पालिकाका कर्मचारी विकट क्षेत्रका पालिकामा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाहरुले लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया