पुनर्निर्माण सकेर जापानले हस्तान्तरण गर्‍याे वीपी राजमार्ग

 माघ १५, २०७७ बिहिबार १६:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्चुअल कार्यक्रममार्फत जापानले वीपी राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

काठमाण्डौलाई पूर्वी तराईसँग जोड्ने एक सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरि नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।

भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै जिम्मा लिएको थियो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक धेरैजसो निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको भन्दै प्रशंसा गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया