जापानमा एकैदिन झण्डै एक सय उडान रद्द

 माघ १७, २०७७ शनिबार ८:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानमा शुक्रबार एकैदिनमा झण्डै एक सय उडान रद्द भएका छन् ।

अत्याधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको हो । 

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ । 

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया