चुनाव हुँदैन, कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ : डा. भट्टराई

 माघ १८, २०७७ आइतबार २०:१५:६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताउनुभएको छ ।

रोल्पाको लिबाङमा आइतवार आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा भट्टराईले ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाउनुभएको हो । गुप्तचर र सुरक्षा निकायमा ओलीले आफ्नो मान्छे राखेको भन्दै भट्टराईले त्यसको आलोचनासमेत गर्नुभयो । 

संवैधानिक आयोगहरुमा पनि सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको लामो समयसम्म पनि नहट्ने गरि डरलाग्दो छायाँ परेको जिकिर गर्नुभयो । ‘कुनै पनि तानाशाहले आफूले नजित्ने चुनाव गराएको इतिहास विश्वमै छैन्’, भट्टराईले भन्नुभयो ‘त्यसैले कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ ।’ 

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘कु’ गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि भट्टराईले उल्लेख गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया