प्रदेश लोकसेवा आयोग : ९० हजार जनाले परीक्षा दिदै, कर्मचारी अभावका कारण व्यवस्थापन गर्न कठिनाइ

 माघ २१, २०७७ बुधबार १०:१८:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार जनाले परीक्षा दिदै छन् । 

वाग्मती प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परीक्षार्थीले परीक्षा दिनका लागि आवेदन दिएका छन् । प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेसी सहित ६२ हजार जनाले आवेदन दिएका थिए । त्यसमध्येमा ४० हजार जनाले परीक्षा दिदैछन् । यस्तै पाँचौ तहमा पनि ५० हजार जनाले परीक्षा दिदैछन् ।  

चौथो तहको केहीको परीक्षा सकिएको छ भने केहीको परीक्षा हुँदै छ । चौथो तहको परीक्षामा प्रवेशपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्तादेखि निकै भिड लागेको छ ।

चौथो तहको परीक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेशपत्र लिन लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महँगोमा दिनेलगाएतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नु परेको छ ।

कर्मचारी अभावका कारण व्यवस्थापन गर्न कठिनाइ

कर्मचारी अभावका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले बताउनुभयो । प्रदेश लोकसेवा आयोगको हेटौंडामा रहेको कार्यालयमा ४९ जना कर्मचारीको दरबन्दीमा १२ जना मात्र कार्यरत छन् । प्रदेश सरकारसँग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु बताउँछन् ।

चौथो र पाँचौ तहको परीक्षा सञ्चालन गर्नका लागि कर्मचारी अभावकै कारण निकै कठिनाइ बेहोर्नु परेको छ । कर्मचारी अभावकै कारण काम गर्न नभ्याएर तोकिएको परीक्षा समेत सरेको छ । यही माघ २८ र २९ गतेका लागि तोकिएको अनमी र अहेबको परीक्षा फागुन १५ गते र १८ गतेका लागि सारीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया