अति प्रतिकूलताका बीच पनि काम भएको छ : मुख्यमन्त्री पौडेल

 माघ २९, २०७७ बिहिबार १८:४६:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले तेस्रो वर्ष पूरा गरेको छ । प्रदेश सरकारले तीन वर्षभरि गरेका कामको विवरण समेटिएको पुस्तकसमेत विमोचन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले पुस्तकको विमोचन गर्नुभयो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । 

कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकूलताका बीच पनि काम भएको बताउनुभएको छ । 

सरकारलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने काम धेरै भएको बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको यो कार्यक्रममा पनि अगाडिका धेरै कुर्सीहरू खाली छन् । कुर्सी खाली गरेर माइतीघर मण्डलामा बसेका छन् । यस्तो प्रतिकूलताका बीच पनि काम भएको छ ।’ 

प्रदेश सरकारले गरेका कामबाट निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो । तीन वर्षमा गरिएका कामको सबै विवरण विमोचन गरिएको पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । सुशासनको क्षेत्रमा धेरै काम भएको उहाँको दाबी छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया