घरभित्रै प्रतिपक्षको भूमिका खेल्नेहरू हाबी भए : मन्त्री भट्ट

 फागुन १४, २०७७ शुक्रबार २०:२५:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक स्थिर नभएसम्म औद्योगिक क्षेत्रसहित अन्य क्षेत्रको विकास नहुने बताउनुभयाे । विकास र निर्माणका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरू हाबी भएपछि केही समस्या र अप्ठ्यारा उत्पन्न भएको बताउनुभयाे । 

नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने क्रममा वाग्मती प्रदेशकाे राजधानी हेटौँडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गर्दै भन्त्री भट्टले यस्ताे बताउनुभएकाे हाे । 

कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई औद्योगिक नगरको रूपमा विकास गरिने बताउनुभयाे । उद्योगका नाममा जग्गा ओगट्ने नभइ उद्योग सञ्चालन गरी नेपालको अर्थतन्त्र परिवर्तनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएकाे छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले आयातमुखीभन्दा निर्यातमुखी नभएसम्म आर्थिक परिवर्तन नहुने बताउनुभयाे । कार्यक्रममा मयुरधाप औद्योगिक क्षेत्र लि. का अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिनाभित्र बिजुलीसहितका अन्य संरचना निर्माण गरिने बताउनुभयाे । 

यस औद्योगिक क्षेत्र १३४.८६ हेक्टर (१९९ बिघा १७ कठ्ठा) क्षेत्रफलमा फैलिएको आयोजनामा ६२ प्टल रहेका छन् । प्रति प्लट सात देखि १४ रोपनी क्षेत्रफलमा रहेको छ । यस क्षेत्रमा हेलिप्याडदेखि सशस्त्र गण, पेट्रोल पप्प, बिजुली स्टेशन, हेभी गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वार्टर, ल्याबलगायत विभिन्न संरचना निर्माण गरिने जनाइएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया