डोटी : उमेर नपुगी गर्भ जाँच गराउने ११ प्रतिशत

 फागुन १७, २०७७ सोमबार १६:११:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेमध्ये ११ प्रतिशत उमेर नपुगी गर्भवती हुने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्क अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । कानुनले विवाहको उमेर २० वर्षभन्दा माथि कायम गरेको भए पनि डोटीमा २० वर्ष नपुग्दै विवाह गर्ने तथा गर्भवती हुने क्रम नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।

अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आमा बन्नेहरुको सङ्ख्या घट्दै गए पनि अझै पूर्ण रुपमा अन्त्य हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत महिलाहरु २० वर्षभन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आर्थिक वर्ष २०७५/२०७६ मा १७ प्रतिशत र गएको आर्थिक वर्षमा ११ प्रतिशत महिलाहरु उमेर नपुग्दै आमा बनेका छन् ।

सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दा आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजंग कुँवरको भनाइ छ । कम उमेरमा आमा बन्दा डोटीका ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्या पनि बढ्दै गएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया