ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

 फागुन १८, २०७७ मंगलबार ७:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् ।

हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Nabin Kumar yadav

    June 14, 2021, 6:38 a.m.

    सय र दुई सय रुपैयाँ दिँदा पक्राउ परिन्छ तर एक हजार र दुई हजार घुस दिँदा पक्राउ पर्दैन traffic कहाँ?

  •  0 Reply
  • Bir Bahadur Rai

    March 31, 2021, 7:31 p.m.

    नागरिक आफैले भ्रस्टाचार गर्ने होइन /

  •  0 Reply

तपाईको प्रतिक्रिया