वैदेशिक रोजगारीकाे नाममा भइरहेको ठगी रोक्न माग गर्दै ज्ञापन पत्र

 फागुन २१, २०७७ शुक्रबार ११:२८:५

काठमाण्डौ – वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दिक्तेलले जिल्ला प्रशासन कार्यालय दिक्तेललाई छ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्तरीय समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठको हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट भइरहेको ठगी नियन्त्रण गर्न विभागले द्रुतगतिमा अनुगमन गरी कडा कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा इच्छा विपरीत सबै प्रिमियम एकै पटकमा असुल गरी  ५ लाखसम्मको बिमा गराइरहेको भन्दै बिमाको नाममा भइरहेका ठगी बन्द गर्नु पर्ने माग गरेका छन् । 

यस्तै कोरोना तथा अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने, विदेशबाट मृतकको शव तदारुकताका साथ ल्याउनु पर्ने, वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकका लागि रोजगारी सृजना गर्न सरकारले व्यवस्था गरेको सहुलियत ऋण सहजपुरमा पाउनुपर्ने लगायतका माग गरिएको छ । । ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीमार्फत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र वैदेशिक रोजगार विभागलाई बुझाइएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया