नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता बन्द

 फागुन २३, २०७७ आइतबार ८:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे  १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।

नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका इञ्जिनियर सबिना रानाभाटले अत्यावश्यक सेवाबाहेक सबै गाडीको आवागमन रोकिने जानकारी दिनुभयो ।

गएको असार पहिलो हप्ता पहिराेले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सडक मर्मतका गर्ने क्रमममा नारायणढतर्फबाट गएका गाडीलाई जलबिरेमा र मुग्लिङतर्फबाट आएका गाडीलार्ई शान्तिबजारमा रोकिने छ ।

आयोजनाले सडक मर्मत गर्ने अवधिमा  वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • AMRIT KARKI

    March 8, 2021, 11:49 a.m.

    १००० दिएको भए लिन्थे कि ? कम भएर समाएछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया