अनुसन्धानलाई निरन्तरता दिने सहमतिपछि डाेटीका शिक्षक भट्टराईको शव आफन्तले बुझे

 फागुन २८, २०७७ शुक्रबार १४:१८:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका २ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृत अवस्थामा भेटिएका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि आफन्तले बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानलाई निरन्तरता दिने सहमतिपछि आफन्तले शव बुझेका हुन् । 

सात दिनदेखि मृतकको शव डडेल्धुराको उप–क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको थियो । शव बुझेसँगै मृतकको दाहसंस्कार भएको डोटी प्रहरीले जनाएको छ । अस्पतालमा गरिएको शव परीक्षण रिर्पोटबाट केही नदेखिएपछि भिसेरा परीक्षणका लागि मृतकको नमुना काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

मृतक शिक्षक भट्टराई १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा पढाउँदै आउनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया