सुदूरपश्चिममा १ सय ८६ जना औलो रोगका बिरामी फेला

 बैशाख १५, २०७८ बुधबार ७:३६:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

निर्देशनालयका अनुसार यहाँका ६ जिल्लामा चालु आर्थिक वर्षमा करिब एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका ६ जिल्लामा अझै औलो रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानी समेत रहेको कैलाली जिल्लामा फेला परेका छन् । उहाँका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् ।

जिल्लामा स्थानीय भन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ । चालु आर्थिक वर्षमा एक सय १५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा तीन सय २० औलोका बिरामी थिए । जसमध्ये दुई सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।

प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया