रोल्पा : आगलागीमा २६ घरसहित पाँच गोठ जलेर नष्ट

 बैशाख १५, २०७८ बुधबार ११:१८:२९ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट  भएका हुन् । आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताउनुभयो । आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २/३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ । तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र  सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी सुवेदीले बताउनुभयो ।

हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया