सहजपुर–वीपीनगर–बोगटान सडक निर्माणमा ढिलासुस्ती, सम्झौता सकिनै लाग्दा ३५ प्रतिशत मात्रै प्रगति

 बैशाख १७, २०७८ शुक्रबार १४:३३:५० | विमल बिष्ट
unn.prixa.net

डाेटी – कैलालीको सहजपुर हुँदै डोटीको दिपायल जोड्ने सहजपुर–वीपीनगर–बोगटान सडकको निर्माण काममा ढिलासुस्ती भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गर्नुभएकाे सडक निर्माणमा ढिलासुस्ती भएको हो ।

सडकको निर्माण काम आउँदो असारमा सक्ने गरी २०७५ मङ्सिर २२ गते पीआरएल कुमार जेभीसँग सम्झौता भएको थियो तर अहिलेसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको सडक एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलरमा निर्माण सम्झौता भएको हो ।

शिलान्यास भएको केही समय कामले गति लिएको तर कोरोना महामारीका तथा स्थानीयवासीको अवरोधका कारण तोकिएकाे समयमा पूरा हुन नसक्ने देखिएको सडकका आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले बताउनुभयो ।

सडकको काम अलपत्र हुँदा हिलो र धुलोको सास्ती खेप्नुपरेको कैलालीको चुरे गाउँपालिका १ का केशवबहादुर सिंहले गुनासो गर्नुभयो । कोरोनाको सङ्क्रमण बढ्न थालेपछि कामदार घर फर्किने तयारीमा रहेकाले काम रोकिने अवस्था आएको आयोजनाले जनाएको छ ।

सडक निर्माणपछि कैलालीको चुरे र डोटीको दक्षिणी भेगका बासिन्दा लाभान्वित हुने भए पनि ढिलासुस्ती हुँदा निराश हुनुपरेको बडीकेदार गाउँपालिकाका भक्तबहादुर साउदले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया