डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

 जेठ ३, २०७८ सोमबार १६:३४:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनुभएको भरिएको २२ थान अक्सिजन सिलिन्डर डोटी अस्पतालाई सोमवार हस्तान्तरण गरिएको छ । 

अक्सिजन नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या भएपछि मन्त्री आलेको सहयोगमा नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरिएको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियन्ता यादव जोशीले बताउनुभयो । 

अभियान्ता जोशीकाअनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि १५ हजार रुपैयाँ प्रदान गर्नु भएपछि सिलिन्डर डोटी पु¥याइएको हो । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउँदै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० थान भरिएको अक्सिजन सिलिन्डर, ५० हजार थान मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार थान मास्क तथा ५० थान भरिएको अक्सिजन सिलिन्डर  सेती प्रादेशिक अस्पताल कैलालीमा पठाउने तयारी भइरहेको छ ।

यसैगरी मन्त्री आलेले जिल्ला अस्पतालमा पाँच वटा अक्सिजन कन्सेन्टे«टर मेशिन केही दिनभित्र पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । डोटीमा अहिलेसम्म चार सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १७ रहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया