जापानमा सङ्कटकालको अवधि थप तीन हप्ता  लम्बियो

 जेठ १६, २०७८ आइतबार ६:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएकाे छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे  पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

त्यहाँका रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ । यस्तै, स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने छ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया