जापानमा १२ देखि १५ वर्ष उमेर समूहकालाई फाइजरको काेराेना खोप दिन अनुमति

 जेठ १६, २०७८ आइतबार १७:५४:२६ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । 

फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएकाे थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खाेप लगाउने अनुमति दिइएको हाे ।

जापानी सरकारले गएकाे फेब्रुअरी महिनामा फाइजर खाेपलाई अनुमति दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई खाेप लगाउन सुरु गरेकाे थियाे । यस्तै ज्येष्ठ नागरिकका लागि यही अप्रिल महिनामा खाेप अभियान सुरु भएकाे थियाे । 

जापानले नाै कराेड सत्तरी लाख नागरिकका लागि फाइजरकाे खाेप प्राप्त गरिरहेकाे छ । अमेरिकी कम्पनी माेडेर्ना इंकले १२ देखि १७ वर्षसम्मका बालबालिकामा याे खाेपकाे प्रभावकारिता देखाउँदै क्लिनिकल अध्ययनकाे परिणाम पनि सार्वजनिक गरेकाे छ र केही देशमा यसकाे उपयाेग विस्तार गर्ने तयारी गरिरहेकाे छ । अहिले याे खाेप १८ वर्षमाथिका उमेर समूहकालाई लगाउन अनुमति दिइएकाे छ । 

जापानले यही महिनाकाे सुरुवातमा माेडेर्नाकाे काेराेना खाेपलाई अनुमति दिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया