स्वास्थ्य कार्यालय डोटीलाई २२ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण

 जेठ १६, २०७८ आइतबार २०:३२:१२ | विमल बिष्ट
unn.prixa.net

डोटी – वर्ल्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सीडीसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न २२ लाख ६४ हजार रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेरबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० थान ४६ लिटरको अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान थर्मल टेम्प्रेचर गन, पीपीई सेट, पाँच लिटर स्यानिटाइजर, पाँच हजार थान मास्कलागायत रहेका छन् । 

डाेटीमा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको सिड नेपालले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया