निषेधाज्ञाकै बीच रामेछापको बेथानमा जीप दुर्घटना, ६ जना घाइते

 जेठ २६, २०७८ बुधबार १२:४६:५५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बाेलेरो जीप करिब ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका प्रहरीले जनाएको छ । 

घाइतेहरुको स्थानीय र बेथान प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेका छन् । अहिले सबै घाइतेको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य छ र चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

कोरोना महामारीको समयमा गाउँपालिकाभित्र कुनै पनि सवारीसाधन सञ्चालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको बेवास्ता गर्दै सवारीसाधन चलाउनेलाई आवश्यक कारबाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया