डोटीको पूर्वीचौकीमा खेल मैदान बनाउने विषयमा विवाद, वडा कार्यालयमा स्थानीय बासिन्दाको ताला

 असार ७, २०७८ सोमबार ९:३३:२० | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौको वडा कार्यालयमा ताला लागेको छ । एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा खेल मैदान निर्माण गर्न लागेको भन्दै स्थानीय बासिन्दाले तालाबन्दी गरेका हुन् । गाउँपालिकाको खेल मैदान निर्माणमा विवाद  भएपछि स्थानीय बासिन्दाले काम रोक्न माग गर्दै ताला लगाइदिएका त्यहाँका खडक साउदले जानकारी दिनुभयो ।

खेल मैदान सबैको पायक पर्ने ठाउँमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीय बासिन्दाले ताला लगाएका वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिनुभयो ।  खेल मैदानका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया