सुदूरपश्चिम प्रदेशको प्रसिद्ध जोरायले बासमती धानको राेपाइँ सुरु

 असार ८, २०७८ मंगलबार ११:३३:४८ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिम प्रदेशको प्रसिद्ध जोरायले बासमती धानको रोपाइँ सुरु भएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये डोटीको जोरायल गाउँपालिकामा उत्पादन हुने जोरायले बासमती धानको रोपाइँ सुरु भएको हो । पकाउँदा र खादा बास्ना आउने जोरायले धान सुदूरपश्चिमका बजारमा चर्चित छ । पछिल्ला वर्ष देशका अरु ठाउँमा पनि खोज्न थालिएको छ ।

जोरायल गाउँपालिकाका रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डे लगायतका ठाउँमा याे धान रोप्ने गरिएको किसान टेकबहादुर मडैले बताउनुभयो । जोरायले बासमती धान संरक्षणका लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।

झण्डै ८०० हेक्टर जमिनमा जोरायले बासमती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बासमती धान रोप्न चटारो भएको छ ।' अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकोमा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो। जोरायले बासमतीसँगै किसानले मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया