जिल्ला अस्पताल डोटीमा तीन महिनादेखि बन्द ओपीडी सेवा सुरु

 असार १३, २०७८ आइतबार १३:४८:१५ | विमल बिष्ट
unn.prixa.net

डाेटी - जिल्ला अस्पताल डोटीमा बन्द रहेको ओपीडी सेवा सुरु भएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको ओपीडी सेवा अहिले सङ्क्रमण दर घट्दै गएपछि सुरु गरिएको हो । अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लागेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा अहिले सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमित हुनेहरुको दर बढ्दै गएपछि गएको वैशाख महिनाबाट अस्पतालको ओपीडी सेवा बन्द भएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपछि उनीहरुको उपचारका लागि गरिएको थियो ।  अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले भन्नुभयो, 'वैशाख, जेठ महिनामा कोरोना सङ्क्रमित निकै बढेका थिए, ओपीडी सञ्चालन गरे अन्यमा पनि कोरोना सर्न सक्ने अवस्था देखिएकाले बन्द गरेका थियौँ, अहिले परिस्थिति केही सहज भएपछि सञ्चालनमा ल्याएका छौँ ।'

जिल्लामा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ जनाको ज्यान गएको छ भने एक हजार २ सय जना सङ्क्रमित भएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया