सुदूरपश्चिममा ४५ प्रतिशत धान रोपाइँ सकियाे

 असार १३, २०७८ आइतबार २०:३६:३ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी – यो वर्ष समयमै मनसुन सुरु भएका कारण सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४५ दशमलव ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार असार १२ गतेसम्म प्रदेशका नाै जिल्ला– कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

प्रदेशका कुल एक लाख ८५ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । अहिलेसम्म ८५ हजार तीन सय ६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हाे । 

यो वर्ष असार १५ अघि नै प्रदेशभरिमा ४५ दशमलव ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, यो वर्ष समयमै मनसुन सुरु भएको छ, पर्याप्त पानी भएका कारण किसानले समयमै धान रोपाइँ गरेका छन्, यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको छ ।

विगतका वर्षमा भन्दा यो वर्ष मनसुन समयमा सुरु भएका कारण यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिटै भएको निर्देशनालयले जनाएको छ । गएकाे असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष आठ दशमलव ४१ प्रतिशतले बढी भएको बताइएको छ ।

नेपालमा दुई जिल्लामा बाहेक सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल एक सय ३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नौ वटै जिल्लाका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान लगाउँदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती भने डोटीको जोरायल क्षेत्रमा मात्रै लगाइने गरिएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया