पुनर्निर्माण प्राधिकरणका सब इन्जिनियर ३० हजार रुपैयाँ घुससहित पक्राउ

 असार १६, २०७८ बुधबार ११:३३:५९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब-इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको काफ्लेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया