राेल्पाकाे सुनिल स्मृति गाउँपालिका ४ मा एकल पुरुषलाई भत्ता

 असार २४, २०७८ बिहिबार १५:५४:४६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।

गाउँपालिकाको ४ नम्बर वडाले आउँदाे आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाभित्र रहेका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिइने वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो । एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेकाले यस्तो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

यस्तै वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि एक लाख ३० हजार रुपैयाँ र निःशुल्क स्वास्थ्य बीमाका लागि सात लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको वडाले जनाएको छ । 

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत त्यस वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दुई सय सात जनाले सेवा पाउने वडा कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया