राजनीतिक पूर्वाग्रह त्यागेर अघि बढनुहाेस्: प्रम अाेली

 भदौ १२, २०७५ मंगलबार १५:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले जनतामाथि वितृष्णा फैल्याउनेहरुप्रति सचेत रहन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले कर निर्धारणमा सावधानी अपनाउन पनि स्थानीय जनप्रतिनिधिहरुलाई सचेत गराउनुभयो । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनकाे मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरपालिकाहरुले जनताको सेवा, सुविधा र विकासको कामलाई अघि बढाए मात्रै मुलुकमा प्राप्त राजनीतिक बलियो हुने पनि स्मरण गराउनुभयो ।

उहाँले जनप्रतिनिधिहरुलाई राजनीतिक पूर्वाग्रह त्यागेर अघि बढ्नपनि आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तुमा आत्मनिर्भर हुने गरी लगानी गर्न पनि स्थानीय जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । उत्पादन र उत्पादकत्व बढाउन, रोजगारीको अवसर सृजना गर्न र उपभोग्य वस्तुमा आत्मनिर्भर हुने गरी सबै स्थानीय तहले लगानी केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह थियाे ।

उहाँले विकास र समृद्धिका लागि उत्पादन बढाउनुपर्ने भएकाले सरकारले त्यसैमा लगानी केन्द्रित हुने गरी गतिविधि अघि बढाएको दावी पनि गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री एवम् संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो ।

पाैडेलले संघलाई नेतृत्व दिएर स्थानीय सुशासन ऐन प्रवर्द्धनमा योगदान दिएको र ८८ वर्षीया कार्कीलाई नगरपालिकाहरुको जेष्ठ सदस्यहरुको रुपमा सम्मान गरिएको हो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया