चीन र अमेरिकाको प्रतिस्पर्धाले पूर्वी एसियालाई खतरा : जापान

 असार २९, २०७८ मंगलबार १८:२२:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानले ताइवानको आसपास बढिरहेको सैनिक तनावका साथै अमेरिका र चीनबीच चलिरहेको आर्थिक र प्राविधिक प्रतिस्पर्धाका कारण पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको छ । 

रक्षा क्षेत्रको स्थितिमाथि जारी गरिएको वार्षिक श्वेत पत्रमा जापानले यस क्षेत्रमा शक्ति सन्तुलन चीनतर्फ झुकेकाले पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको हो । 

जापानले निकालेको श्वेत पत्रमा ताइवानका बारेमा भनिएको छ, ‘खतरा पहिलेभन्दा निकै बढेकाले हामी सतर्क रहन आवश्यक छ । अमेरिका–चीन तनावमा विशेषगरी प्राविधिक क्षेत्रमा प्रतिस्पर्धा अझ गाढा हुने जापानको भनाइ छ ।’  

मङ्गलवार जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सरकारले यस रक्षा दस्तावेजलाई मन्जुरी दिएको हो । 

जापानी द्वीप समूहको पश्चिमी भागमा ओकीनावा द्वीपको शृङ्खला छ र यो ताइवान नजिक पर्ने हुँदा ताइवानको आसपास चीनको सैनिक गतिविधिका कारण जापानको समस्या बढेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले यही महिना ताइवार चीनको एकीकरणलाई पूरा गर्नेमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । 

गएको जुनमा अमेरिकाले चीन र ताइवानलाई छुट्याउने ताइवानको खाडीमा एक युद्धपोत पठाएपछि सी जिनपिङले अमेरिकाको आलोचना गर्नुभएको थियो । 

जापानका उपप्रधानमन्त्री र अर्थ मन्त्री तारो आसोले यही महिनाको भाषणमा ताइवानमाथि आक्रमण हुने स्थितिमा उसलाई बचाउनका लागि जापान र अमेरिकाले मिलेर कदम उठाउनुपर्ने बताउनुभएको थियो । 

यद्यपि चीनले यस भनाइको आलोचना गरेको थियो, त्यसपछि तारो आसोले ताइवानलाई लिएर कुनै पनि विवाद वार्ताको माध्यमबाट सुल्झ्याउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया