टोकियो ओलम्पिकका लागि १० सदस्यीय टोली आज जापान जाँदै

 साउन १, २०७८ शुक्रबार ६:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रूपमा नविशमान सिंह प्रधान जापान जाने छन् । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार पाँच सदस्यीय टोली जापान जाने छ । यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना जापान जाने छन् । 

यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक आउँदो ८ गतेदेखि हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच  खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २६ सदस्यीय टिमको सहभागिता रहनेछ । ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया