मनाङका दर्जनौँ विद्यालय बाढीको जोखिममा, तटबन्ध बनाउन निरन्तर जुट्दै सुरक्षाकर्मी

 साउन ७, २०७८ बिहिबार १७:३९:१६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनसुनको सुरुवातमै आएको बाढीले मनाङमा निकै नै भौतिक क्षति पुर्‍याएकाे छ । गएको असार १ गतेदेखि निरन्तर बाढी आउँदा यहाँको जनजीवन कष्टकर भएको छ । बाढीका कारण लामो समयदेखि मनाङमा विद्युत् सेवा ठप्प छ । बाढीले सडक, पुललगायतका भौतिक संरचना बगाएपछि आवतजावतमा पनि उत्तिकै समस्या छ । बाढीका कारण यहाँका कतिपय गाउँबस्तीका साथै विद्यालय पनि उच्च जोखिममा रहेका छन् ।

मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि बाढीको जोखिममा छ । जोखिममा रहेको यस विद्यालय संरक्षणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तटबन्धमा निरन्तर जुटिरहेका छन् ।

मर्स्याङ्दी नदीको बहावलाई फर्काउन निरन्तर तटबन्ध निर्माणमा लागिएको सशस्त्र प्रहरी बल गुल्म नं ३२ मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) होमनाथ पन्थीले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार मर्स्याङ्दी नदीमा आएको बाढीले लोकप्रिय माविको खेल मैदान कटान गरिसकेको छ । असार १ गतेको बाढीले यसै विद्यालयको चार वटा भवन बगाउनुका साथै ताल गाउँमा रहेको भानु मावि समेत बगाइसकेको उहाँले बताउनुभयो । 

चामे गाउँपालिका र नासों गाउँपालिकाका विद्यालय जोखिममा 

यसैगरी चामे गाउँपालिकामा रहेका चार वटा विद्यालय र नासों गाउँपालिकामा रहेका ११ वटा विद्यालय पनि बाढीको उच्च जोखिममा रहेका रेग्मीले बताउनुभयो ।

मनाङमा १० वटा आधारभूत विद्यालय, चार वटा मावि र १२ प्रावि गरी २६ वटा विद्यालय रहेका छन् ।

बाढीको जोखिम न्यूनीकरणका लागि मनाङमा ‘बेलिब्रिज’ मा अड्किएर रहेका ढुङ्गामुढा हटाइ आवश्यक तटबन्ध गरी मर्स्याङ्दी दीको बहावलाई मूल धारमा फर्काउनका लागि सबैको साथ सहयोगमा प्रयास भइरहेको पनि सशस्त्र प्रहरी मनाङका डीएसपी पन्थीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया