नेक्सन ईभीको बिक्री सुरु, ठाउँ–ठाउँमा चार्जिङ स्टेशन

 साउन १२, २०७८ मंगलबार १७:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा टाटा नेक्सन ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले नेक्सनको विद्युतीय गाडी अर्थात् ईभीको बिक्री सुरु भएको जानकारी दिएको छ । 

आज मङ्गलवार एक भर्चुअल कार्यक्रम गर्दै सिप्रदीले नेपालमा नेक्सन ईभीको बिक्री खुला भएको र ग्राहकले रोजाइअनुसार गाडी किन्न सक्ने जनाएको छ । नेक्सन ईभीका एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी तीन वटा मोडल नेपालमा ल्याइएको सिप्रदीले जनाएको छ । एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नेक्सनको ईभी बिक्री सुरु भएसँगै सिप्रदीले नेपालमा अर्को नयाँ पाइला चालेको बताउनुभयो । उहाँले हरेक एक सय ५० किलोमिटरको दुरीमा फास्ट चार्जर राख्ने र एक सयभन्दा धेरै ठाउँमा प्लस एसी चार्जर राखेको बताउनुभयो । 

नेपालमा मुख्य सडकमा नेक्सन ईभीका लागि चार्जिङ स्टेशनको समस्या नहुने श्रेष्ठले बताउनुभयो । एक पटक चार्ज गरेपछि गाडी तीन सय १२ किलोमिटरसम्म गुड्नेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया