बिमस्टेककाे मन्त्रीस्तरीय बैठकमा विभिन्न समझदारीमा हस्ताक्षर

 भदौ १३, २०७५ बुधबार १८:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तराष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । 

बुधबार काठमाडौंमा बसेको विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तराष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा समझदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताउनु भयो ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनकाे उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम जारी छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया